काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अमेरिका भ्रमणमा ह्विस्की खुवाएर सम्झौतामा हस्ताक्षर गराउन सक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै उनले परराष्ट्र रणनीतिमा कहिलेकाहीँ दबाब नभई फकाएर, प्रलोभनमा पारेर र ह्विस्की, मिठाई खुवाएर पनि अवाञ्छनीय गतिविधि गर्ने गरेकोप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्। ‘अहिलेको जल्दोबल्दो विषय हाम्रो प्रधानमन्त्र