नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले MDRT (Million Dollar Round Table)का विजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । झापाको विर्तामोडमा शनिबार सम्पन्न गरिएको MDRT सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका हुन् ।भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई MDRT/COT/TOT जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए