नक्कली नेपाली सेना बनेर ठगी गर्दै आएका मुस्ताङको थासाङ गाउँपालिका–२ का १९ वर्षीय विपन विक हतियारसहित पक्राउ परेका छन् । विकले सामाजिक सञ्जाल टिकटकमा तेन्जिङ गुरुङ नाम राखी नेपाली सेनाको पोशाक तथा सेनाको नक्कली परिचयपत्र सहितको फोटो तथा भिडियो अपलोड गरेका थिए ।