छ्याङदी हाइड्रोपावरको हकप्रद आजदेखि बिक्रि खुला

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company ले आज माघ ११ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो  । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रहेको छ  ।यस हकप्रदमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्ने छन्  ।  हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।  छ्याङदीले  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। छ्याङदी फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीले निष्काशन चरणमा रहेको यो ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८,६९,७७,५०० को ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।  दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  ।