आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताएका छन् । पीडित परिवारसँग आज भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थान निर्माणको पहल भइरहेको उनको भनाइ थियो । सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा यही […]