काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा : मन्त्रिपरिषद विस्तारबारे छलफल

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बिहीबार हुने मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बुझिएको छ ।  बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत दुई  नेताले प्रधानमन्त्री समेत रहेका देउवालाई बुझाएका छन् ।यसअघि आजै पौडेल पक्षले आफ्नो समुहका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नामबारे छलफल गरेको थियो । बैठकमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र