नेपालगन्ज (हाम्रो खेलकुद)– भारतको हरियाणा स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्बल आ आफ्नो समूहको विजेता बन्दै आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणाले घरेलु टोली लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी निर्मल प्लेयर […]