नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरिएको नेपाल डिजिटल पेमेन्ट्स कं. लि.र नेपाल क्लियरिङ्ग हाउस लि. बीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यको लागि सम्झौता भएको छ ।
सो सम्झौतामा एनडिपिसिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात्,एनडिपिसिले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल–आईपीएस तथा कनेक्ट आईपीए...