विपद्को कहरः एक वर्षमा ४८४ जनाको मृत्यु, पौने तीन अर्बको आर्थिक क्षति

काठमाडौं, १० वैशाख। एक वर्षमा नेपालमा विपद्का घटनामा परी ४८४ जनाको मृत्यु भएको छ। सोही अवधिमा विपद्का घटनाले देशमा २ खर्ब ८५ करोड ९९ लाख ३६हजार ४५०रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९वैशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा विपद्का घटनाले उक्त क्षति गरेका हो। उक्त अवधिमा भएका ४हजार ५५६वटा विपद्का घटनामा ३७जना वेपत्ता भएका छन्।