सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको आर्थिक भार कम गर्ने उद्देश्यले वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज गर्दै पुरानै दर ६ हजार ५ सय रुपैयाँ कायम गरेपछि पनि केही स्वास्थ्य संस्थाले उक्त निर्णय अवज्ञा गर्दै स्वास्थ्य परीक्षण सेवा रोकेको पाइएको छ। वृद्धि गरिएको ९ हजार ५ सय रुपैयाँ नै लिन पाउनुपर्ने माग राख्दै ती संस्थाले परीक्षण […]
काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मुलुकको विद्यमान संकट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ। पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेकाे समयमा नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो। सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान राजनीतिक गतिरोधको निकास निर्वाचनबाट मात्र […]