२४ माघ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको तेस्रो लहर ओरालो लाग्न थालेको छ । तेस्रो लहर ‘पिक’मा पुगेसँगै दैनिक संक्रमितको संख्या पछिल्लो समय निरन्तर घटिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उक्त अवधिमा ८९५ जना संक्रमितको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् […]