हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधि चितवनले हात पारेको छ। दोलखाको जिरीमा आइतबार सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल कपको उपाधि भीडन्तमा रामेछापलाई हराउँदै चितवन च्याम्पियन बनेको हो । पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि विजेता चितवनले नगद दुई लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।