राष्ट्रसंघीय महासभामा रुसी प्रस्ताव पक्षमा नेपालको मतदान

नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा रुसले राखेको प्रस्तावको पक्षमा मतदान गरेको छ । रुसले नाजीवादीलाई गौरवान्वित गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा राखेको प्रस्तावमाथि गत राति मतदान भएको थियो ।