क्रिकेट खेलाडी उत्पादन हुने उर्वर भूमिको रुपमा रहेको वीरगन्जको योगदान र महत्व निकै ऐतिहासिक रहे पनि वीरगन्जमै क्रिकेट खेलको विकासमा भने उदासिनता देखिएको छ । विगतदेखि वर्तमान अवस्थासम्म नेपाली क्रिकेट इतिहासमा नेपाललाई विश्वमै चिनाउन वीरगन्जको महत्वपूर्ण योगदान रहेको छ ।