नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । जसअनुसार बैंकले यही असोज ६ गतेदेखि असोज ९ गते सम्म भृकुटीमण्डपमा आयोजना हुने नाडा ईभी एक्स्पोमा सहभागी हुने आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने जनाएको छ । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । एक्स्पो अन्तर्गत बैंकको स्टल नं.जी–१२ मा ग्राहक वर्गलाई तत्काल ऋण मुल्य