आगामी निर्वाचनमा दल र उम्मेदवारको मात्रै चिन्ह राखिने

काठमाडौं । आगामी निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने भएको छ । मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ […]

सम्बन्धित सामग्री

हृदयेश त्रिपाठी नेतृत्वको पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा

काठमाडौँ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच आगामी निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । समझदारीअनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको छ । नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारणले सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको […]

हृदयेश त्रिपाठी नेतृत्वको पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच आगामी निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ ।  समझदारीअनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको छ । नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारणले सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिने निर्णय भएको समझदारीपत्रमा उल्लेख छ ।  जनता प्रगतिशील पार्टीको निर्वाचन चिन्ह लिएर प्रदेशसभ

गोरखा २ स्वतः मेरो भागमा : भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । शनिबार गुह जिल्लामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले आफ्नो उम्मेदवारी रहने बताएका हुन् । भट्टराईको दल नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति गरेको छ र माओवादीबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्का दाबेदार छन् । एउटै चुनाव चिन्ह […]

जित सुनिश्चित गर्न माओवादीको चुनाव चिन्ह रोजेँ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताउनुभएको छ । मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको […]

सूर्य चिन्ह नहुँदैमा निर्वाचनमा कुनै पनि अप्ठ्यारो पर्दैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिन्ह नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गर्नुभएको हो । कसैकसैले पार्टी भित्रैबाट सूर्य चिन्ह नहुँदा अप्ठ्यारो पर्छ कि भनेर […]

आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउनुपर्ने राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनमा आफ्नै निर्वाचन चिन्ह पाउनुपर्ने माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले आफ्नै निर्वाचन चिन्ह पाउनुपर्ने भन्दै त्यसका लागि दबाब सिर्जना गर्न जनसंघर्ष गर्ने निर्णय गरेको हो । राप्रपाले निर्वाचन आयोगले ६ वटा दलहरूलाई मात्रै आफ्नै चुनाव चिन्ह दिने र अरूलाई नदिने कुरा सर्वसत्तावादी, विभेदकारी र अलोकतान्त्रिक […]

साना दललाई अन्याय ! चुनाव चिन्ह नपाउने ३१ दल आन्दोलित

आगामी निर्वाचनमा आफ्नो दलको छुट्टै चुनाव चिन्ह नपाउने भएपछि  राष्ट्रिय दलको मान्यता नपाएका ३१ वटा साना दल आन्दोलित भएका छन् । आन्दोलित हुनेमा रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसमेत छ ।स्थानीय तह निर्वाचन ऐन २०७३ मा राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र सो बाहेकका अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह पाउने व्यवस्थाप्रति साना दलले असन्तुष्टि जनाएका हुन् । उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग तथा निर्वाचन आयोगलाई यसबारे ध्यानाकर्षण पत्रसमेत बु

आगामी निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग काँग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।नेता कोइरालाले भने, “अब काँग्रेस एक्लै चुनाव लड्छ । काँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा काँग्रेसल