नेपालमा कोरोना विरुद्धको खोप अभियान सुस्त गतिमा सञ्चालन हुँदा खोप खेर जाने सम्भावना बढेर गएको छ । अप्रिलको अन्त्यसम्म अर्थात् वैशाख १७ गतेसम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप लगाइ सक्नुपर्ने बाध्यता छ । किनभने वैशाख १७ सम्म मात्रै सो खोप लगाउन मिल्छ । अब अप्रिलको अन्त्यसम्म सो खोप सकाउन दैनिक ७६ हजार ४७१ जनालाई लगाउनै पर्छ । यद्यपि पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा कोभिड विरुद्धको खोप लगाउने दर क्रमशः घट्दै गएको छ । सोमबार देशभर जम्मा १५ हजार