वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण

वीर अस्पताल परिसरमा स्थापना गरिएको हेल्थ डेक्स क्लिनिक (ज्वरो नाप्ने कोठा) अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपालमा कोभिड–१९ को महामारी फैैलिएसँगै हेल्प नेपाल नेटवर्क, न्यू डाइमेन्शन तथा रत्नाग्य संस्थाको सहयोगमा निर्माण गरिएको उक्त क्लिनिक आज औपचारिकरुपमा वीर अस्पताललाई हस्तान्तरण गरिएको हो ।     देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दूरी तथा स्वास्थ्य मापदण्डको विषयमा जानकारी प्रदान गनुपर्ने तथा कोभिड–१९ को सङ्क्रमित छुट्याउनुपर्ने भएकाले वीर अस्पतालमा उक्त ड...