चामल आयात न्यून गर्न र जिरा मसिनो अनि बास्मती चालमका लागि स्थानीय स्तरमा धान उत्पादन गर्न किसानलाई उत्साहित गर्ने उद्देश्यले उत्तरी मोरङको डाँगीहाटमा राइस मिल सञ्चालनमा आएको छ । नेपाल कृषि कम्पनीको प्राविधिक सहयोगमा बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतले ५० करोड लगानीमा आरजु राइस मिल सञ्चालनमा ल्याएका हुन् ।