बागलुङ : एक दशक अगाडिसम्म बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप हुन्थ्यो। गाउँकै क्याम्पसमा उच्च शिक्षा पढ्न पाउँदा विद्यार्थी खुशी थिए।खासगरी गरिब परिवारका विद्यार्थी पढ्दै आएको यो क्याम्पसमा छोरीबुहारी बढी हुन्थे। उच्च शिक्षाका लागि गाउँबाट क्याम्पस टाढा हुँदा धेरैले १२ पास गरेर पढाई बिट मार्थे। विशेषगरी युवतीले क्याम्पस टाढा भएकै कारण पढाइ छाड्नु पर्ने बाध्यता भएपछि २०४७ सालमा क्याम्पस स्थापना भयो। क्याम्पस स्थापना भएपछि ग्रामीण क्