अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैं घुस खुवाएर रङ्गेहात पक्राउ गरेको भनी मुद्दा चलाउने कार्यलाई सर्वाेच्च अदालतले बदर गरिदिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ३० मा रहेको प्रावधानलाई सर्वाेच्चको संवैधानिक इजलासले बदर गरिदिएको छ ।
सर्वाेच्च अदालतको संवैधानिक इजलासले बुधवार सुनाएको फैसलामा उल्लेख छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ३० मा रहेको प्रावधान नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजका मितिले लागू हुने गरी अमान्य र बदर हुने ठहर्छ ।...