स्वास्थ्य अनुसन्धान परिषद् भन्छ, ‘अब बुस्टर खोपको अध्ययन सुरु गरौँ’

धेरै यूरोपियन देशहरूले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप लगाएकाहरूलाई बुस्टर खोप अर्थात् अतिरिक्त मात्रा दिन सुरु गरेका छन् । पूर्ण मात्रा खोप लगाएकाहरूको एन्टीबडी क्रमशः घट्दै गएको विभिन्न अध्ययनले देखाउँछ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा गरिएको एक अध्ययनबाट पनि क्रमशः एन्टीबडी घट्दो क्रममा देखिएको थियो । त्यसैले बुस्टर खोपका बारेमा अध्ययन तथा अनुसन्धानको आवश्यकता देखिएको खोप विज्ञहरूको भनाइ छ । नेपालमा पहिलो पटक गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइन सुरु गरिएको