प्राचिनकालदेखि नै अफगानिस्तान अस्थिर छ । यहाँ पहिले पर्सियन, त्यसपछि अलेक्जेन्डर, त्यसपछि मंगोल, मुगललगायत शासकहरुले हमला गरे । आधुनिककालमा १९ औं शताब्दीमा बेलायत, २० औं शताब्दीमा रुस र २१ औं शताब्दीमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरे । तर, लडाइँ जित्न सकेनन् ।१९८९ मा रुसी सेना फर्कनासाथ मुजाहिद्दिन र केही समयपछि तालिबानी लडाकुहरु रुसी एके ४७ बोकेर टी–५५ ट्यांकमा सवार भएको देखिन्थ्यो । अहिले यी तालिबानी लडाकुहरु अमेरिकामै बनेको एम १६ राईफल बोकेर अमेरिकी फौजी गाडी हमभीमा बसेको देखिन्छ । फ