बिहारका मुख्यमन्त्री नितिशकुमारले अस्ति भाजपासँगको सत्ता गठबन्धन टुटाए र राज्यका बाँकी दलको समर्थनमा हिजो पुनः नयाँ सरकार गठन गरेका छन् । यस कदमबाट रुष्ट भएको भाजपा नेताले नितिश कुमारमाथि विभिन्न आरोप लगाइरहेका छन् । पार्टीका एक नेता सुशीलकुमार मोदीले नितिशकुमारले देशको राष्ट्रपति बन्न पाएको झोकमा भाजपासँग छुट्टिएको आरोप लगाए ।सुशीलको यस भनाइप्रति प्रतिक्रिया दिने क्रममा नितिशले यो झुटो दावी भएको बताए । बिहीबार पटनामा पत्रकारहरूले नितिशकुमारसँग ‘भाजपाले नयाँ सरकारको आयु ६ देखि ८ महिनाको तो