काठमाण्डाै - पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।
३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरका मेयर केदार भण्डारीसहितको नगरपालिकाको टाेली नै डोजर लिएर सडकमा निस्किएको हो ।
मङ्गलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा मेयरले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाउनुभएको हो ।
व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडक...