सलह फेरि सक्रिय कर्णाली र सुदूरपश्चिममा क्षति गर्दै

कर्णाली प्रदेशका नौ जिल्लामा प्रवेश गरेको सलहले दैलेखमा मात्र ३५ प्रतिशत मकै तथा धान बाली नष्ट गरेको छ । कृषि विकास कार्यालयका अनुसार सलह एक साताअघि दैलेखको पश्चिम क्षेत्रबाट पूर्वमा गएको सलहले ३५ प्रतिशत बाली नष्ट गरेको छ । कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलक पाण्डेका अनुसार जिल्लामा सलहले सबैभन्दा बढी भगवतीमाई गाउँपालिकाको १, २, ३, ४ मा बढी क्षति पु¥याएको छ । उहाँले किसानले सलहका कारण मकै बाली तथा धान बाली नष्ट गरेको खबर गरेपछि कृषि विकास कार्यालय दैलेखबाट प्राविधिक टोली पठाएर क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । उहाँले जिल्लाका ११ वटै स्थानीय तहमा प्राविधिक टोली पठाएर क्षतिको तथ्याङ्क सङ्कलन सुरु गर्ने तयारी भएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

सलह झुन्ड सुदूरपश्चिममा

भारतको मध्य प्रदेशबाट बिहार र रक्सौल हुँदै भैरहवा प्रवेश गरेको सलह झुन्ड–झुन्डमा विभाजित हुँदै सुदूरपश्चिम प्रदेश पुगेको छ। सलहका स–साना झुन्ड कैलालीको लम्कीचुहा, घोडाघोडी नगरपालिका र कञ्चनपुरको बेलौरी क्षेत्रमा पुगेको छ। सलहको झुन्डले किसानको बालीमा त्यति क्षति नपु¥याए पनि किसान भने त्रसित छन्।