संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार देशभरिका ८५ जना सह-सचिवहरूको सरुवा गरेको छ ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सरुवा गरिएको हो ।
उक्त मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका कारण मन्त्रीको हैसियतमा देउवाको हस्ताक्षरबाट सह-सचिवहरूको सरुवा गरिएको हो ।