काठमाडौं, १५ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं सांसद हृदयेश त्रिपाठीले राजनीतिक नेतृत्वको गल्तीका निम्ति सिंगो प्रणालीलाई दण्डित गर्नुनहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, “लोकतन्त्र सहिष्णुताले चल्ने पद्धति हो । हामीकहाँ राजनीतिक प्रतिद्न्द्वितालाई नै शत्रुताका रुपमा हेर्ने चलन छ […]