चोरी गरेको रकम फिर्ता माग्दा पाँचजनाकाे हत्या

जनकपुरधाम : महोत्तरीमा अजय साहको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। चोरी गरेको रकम फिर्ता माग्दा हत्या गरिएको प्रहरीले जनाएकाे छ।पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ४ घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा लिई बस्दै आएका ३२ वर्षीय जित कुमार यादव, २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम ४ घर भई वडा नं ७ मा डेरा लिई बस्दै आएका २५ वर्षीय सन्तोष कुमार, औरही गाउँपालिका २ पौडेशवर घर भई क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा डेरा लिई बस्दै आएका २१ वर्षीय किरण