अवैध रूपमा ल्याइँदै गरिएको ठूलो परिमाणको चिनी ट्रकसहित बरामद

कञ्चनपुर : अवैध रूपमा भित्र्याइरहेको ठूलो परिमाणको चिनी आज (बिहीबार) प्रहरीले बरामद गर्न सफल भएको छ। बेदकोट नगरपालिका-१० दैजी बेलडाँडी सडक खण्ड भएर मिनी ट्रकमा ल्याइँदै गरिएको ९८ बोरा चिनी सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिन सफल भएको हो। चोरी पैठारी गरी ल्याइँदै गरिएको सूचनाका आधारमा प्रहरीले  चिनीसहित ट्रक बरामद गर्न सफल भएको हो। सुपप्र ०१००१ क १९०१