काठमाण्डौ, ललितपुर र भक्तपुरमा काेराेना सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्याे

काठमाण्डौ - काठमाण्डौ उपत्यका, सीमावर्ती जिल्ला र मुख्य सहरमा कोरोना सङ्क्रमण धेरै बढेको छ । काठमाण्डाै, ललितपुर र भक्तपुरमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । देशभर दैनिक पुष्टि हुने सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकामा झण्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो काठमाण्डौमा मात्रै ४ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौ उपत्यका बाहिरका मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलालीमा सङ्क्रमण ध...