काठमाण्डाै – काठमाण्डाै उपत्यकामा थुप्रिएको फोहर भोलि बुधबारदेखि उठाइने भएको छ । काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले भोलिदेखि फोहर उठाउने निर्णय गरेको हो ।
लामो समय फोहर नउठ्दा अरू समस्या आउने खतरा बढेकाले विसर्जनस्थलको समस्याकै बीच पनि भोलिदेखि फोहोर उठाउने निर्णय भएको मेयर शाक्यले बताउनुभयो । विसर्जनस्थलको समस्या समाधानका लागि अरू निकायसँग समन्वय भइरहेको र अहि...