काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवनसंहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि सबैले भवनसंहिताको पूर्ण पालना गर्नुको विकल्प नरहेको बताउनु भएकाे हाे ।
२४औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर पालिका तहले पनि भवन निर्माण गर्दा भवनसंहिताको पूर्ण पालना गराउनुप...