चिनियाँ विदेशमन्त्रीको तीन दिने भ्रमण तालिका सार्वजनिक

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने औपचारिक नेपाल भ्रमणको कार्यतालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकासम्बन्धी प्रेस रिलिजमा परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार नेपाल आउन लागेको जनाएको छ। शुक्रबारदेखि आइतबारसम्म रहने उनको भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ। त्यस्तै यीले माओवादी केन्द्रका अध्यक्ष […]