काठमाडौंका सडक बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाई भारत लगेर मिर्गौला बेचेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ रहेका छन् । उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । …