बाल मृत्युदर प्रभावित हुने भन्दै खोप कार्यक्रम पुन: सञ्चालनमा ल्याइने
बालबालिकाहरूलाई खोप लगाउने काम नियमित गर्न नसके बाल मृत्युदर प्रभावित हुने विज्ञहरूको चिन्तामाझ खोप कार्यक्रमलाई फेरि सञ्चालनमा ल्याउन लागिएको अधिकारीहरूले बताएका छन्।
नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो, राष्ट्रिय खोप कार्यक्रम । बाल मृत्युदर घटाउन तथा बालबालिकालाई विभिन्न रोगबाट जोगाउन यो कार्यक्रम वि.सं २०३४ सालबाट ३ वटा जिल्लाबाट सुरु गरिएको थियो । ४ प्रकारका रोगबाट सुरु गरिएको खोप कार्यक्रममा हाल सबै जिल्लामा १३ वटा रोगविरुद्धको खोप दिइन्छ ।