बंगलादेशबाट २५८ नेपाली फर्किए स्वदेश, सोमवार माल्दिभ्सबाट नागरिकको उद्धार गरिने

काठमाडौं : बंगलादेशमा अलपत्र परेका २५८ नेपालीलाई उद्धार गरी आइतवार स्वदेश फर्काइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बंगलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौं ल्याएको हो। ढाकामा जम्मा भएका नेपाली लिन आइतवार नै निगमको वाइड बडी ‘ए’ ३३० जहाज गएको थियो। नेपाली बोकेर वाइड बडी जहाज