केयूमा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन हुँदै

काठमाडौं, फागुन ३ । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले आजदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’ गर्दैछ । नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सम्मेलन गर्न लागेको हो । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरिएको केयूका उपकुलपति प्रा। डा। भोला थापाले जानकारी दिए । उनका अनुसार भारतीय […]

सम्बन्धित सामग्री

केयूमा बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’

केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो ।

केयूमा बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’

केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो ।

केयूमा बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’

केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन बिहीबारदेखि

काठमाडौँ विश्वविद्यालय (केयू)ले नेपालको शैक्षिक इतिहासमा पहिलो पटक विश्वविद्यालयका ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’ को आयोजना गरेको छ । केयूले आगामी बिहीबारदेखि शनिवारसम्म धुलिखेलमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आयोजना गरेको विश्वविद्यालयले जनाएको छ ।

राष्ट्रिय उपकुलपति सम्मेलन : उच्च शिक्षाको अवस्था सुधारका लागि साझा प्रतिबद्धता

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रवार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन सम्पन्न गरेको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तरराष्ट्रियकरण’ विषयक उक्त सम्मेलनले उच्च शिक्षाको अवस्था सुधार गर्न नेपालका विश्वविद्यालयहरूका लागि साझा मार्गचित्र निर्माण गर्न बाटो खुला गरेको बताइएको छ । सम्मेलनमा सहभागी उपकुलपतिहरूले नेपालका विश्वविद्यालयले भोगिरहेको समस्या र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरेका थिए । उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तरराष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीहरूको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।  धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मूल क्याम्पसमा भएको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टर, डीन लगायत १५० भन्दा बढीको सहभागिता थियो ।  कार्यक्रममा प्रधानमन्त्री दाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलन महत्त्वपूर्ण रहेको बताउनुभयोे । प्रधानमन्त्री दाहालले विश्वविद्यालयका लागि स्वशासनको खाका निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । राज्यमन्त्री प्रमिला कुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपाय खोज्नुपर्नेमा जोड दिएकी थिइन् । मन्त्री कुमारीले राष्ट्रिय र वैश्विक शैक्षिक मापदण्डको ठोस प्रावधानसहित उच्च शिक्षालाई सुदृढ गर्न आवश्यक रहेको बताइन् ।

काठमाडौँ विश्वविद्यालयमा उपकुलपति सम्मेलन हुँदै

मसिंरमा नेपालका उपकुलपतिहरु र फागुनमा भारतका उपकुलपतिहरुको सम्मेलन काठमाडौँ विश्वविद्यालय धुलिखेलमा हुने भएको छ ।  काभ्रेपलान्चोक।  काठमाडौँ विश्वविद्यालय धुलिखेलमा आगामी मसिंर ८ गते नेपालमा रहेका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन हुँदै छ भने फागुन ३ र ४ गते भारतका विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन हुने भएको छ । ‘काठमाडौँ विश्वविद्यालयले पहिलो पटक नेपालमा उपकुलपतिहरुको सम्मेलन गर्दैछ’– काठमाडौँ विश्वविद्यालयका […]