मकवानपुरमा बाढीपहिरोमा परी दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरमा अविरल वर्षापछि बाढीपहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर  तथा  बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६, मागेनीका  ४७  वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । यस्तै, कैलाश गाउँपालिका–३, कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ...

सम्बन्धित सामग्री

बाढीपहिरोमा पूर्वमा ९ जनाको मृत्यु, केही बेपत्ता, सयौं घर डुबानमा

दुई दिनयताको लगातार वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले बगाएर सुनसरी र मोरङमा ९ जनाको मृत्यु भएको छ । मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।