संविधानविद् एवं वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६ (५) मा जान ७६ (४) लाई छल्नै नमिल्ने जिकिर गरेका छन् ।
प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटमा बस गर्दै आचार्यले यस्तो जिकिर गरेका हुन् ।
'संविधानको धारा ७६ (४) म्यान्डेटोरी नै हो,' संविधानविद् आचार्यले भने, 'यसलाई छलेर अगाडि बढ्दा प्रक्रिया नै गलत भयो ।'
संविधानको धारा ७६ (४) र (५) लाई छलेर गरिएको विघटन पनि गलत भएको उनको आचार्यको टिप्पणी छ ।
उनले प्रतिनिधि स...