जोन्सन एन्ड जोन्सनले अर्को वर्षदेखि बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने भएको छ । अमेरिकामा यो पाउडरको बिक्री बन्द गरेको दुई वर्षपछि हेल्थकेयर कम्पनीले यो निर्णय गरेको हो ।जोन्सन एन्ड जोन्सनले आफ्ना उत्पादनहरूमा एस्बेस्टोस प्रयोग गर्ने र त्यसले पाठेघरको क्यान्सर गराएको आरोप लगाउँदै महिलाहरूले कम्पनी विरुद्ध करिब ३८,००० मुद्दाहरू दायर गरेका छन् । तर कम्पनीले दशकौँको अनुसन्धानले आफ्ना उत्पादनहरू प्रयोग गर्न सुरक्षित रहेको देखाएको दाबी गरेको छ। कर्नस्टार्चमा आधारित पाउडर विश