ढुंगागिट्टी निकासीविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

आगामी आर्थिक वर्षदेखि मापदण्ड अनुसारको ढुंगागिट्टी निकासी खुला गर्ने सरकारको तयारीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा शुक्रवार सुनुवाइ हुन लागेको हो । बजेटमार्फत सरकारले ढुंगागिट्टी निकासी गर्ने कार्यक्रम ल्याएको थियो ।  त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए । न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ हुन...