कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीन दिन सार्वजनिक तथा सरकारी निकाय र घर–घरमा दीपावली गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन फागुन ६, ७ र ८ गते साँझ प्रदेशस्थित सबै कार्यालय, शैक्षिक प्रतिष्ठान र घर–घरमा दीपावली गर्ने निर्णय गरेको हो ।
प्रजातन्त्र दिवस प्रदेशस्तरीय समारोह समितिले दीपावलीका साथै प्रदेशका सबै सरकारी, सार्वजनिक, शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा फहराउने, सम्भाव्य सार्वजनिकस्थलमा राष्ट्रिय झण्डा राखी सौन्दर्य अ...