काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिमा हालै मनोनीत भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरूलाई काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ। उनीहरू प्रत्यक्षमा निर्वाचन लड्न भने पाउँछन्। तर समानुपातिक सूचीबाट प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ। काँग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। […]