'ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड' को पदयात्रा सम्बन्धी वृत्तचित्र [भिडियो]

'ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड' को पदयात्रा सम्बन्धी वृत्तचित्र सिनेमा हलमा प्रदर्शन गरिएको छ।

सम्बन्धित सामग्री

'ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड' को पदयात्रा सम्बन्धी वृत्तचित्र [भिडियो]

'ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड' को पदयात्रा सम्बन्धी वृत्तचित्र सिनेमा हलमा प्रदर्शन गरिएको छ।

बृहत् पदयात्रामा विदेशी पर्यटक

बृहत् पदमार्गका रूपमा रहेको ग्रेट हिमालयन ट्रेल पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका छन् । ताप्लेजुङदेखि सुरु भई पश्चिम दार्चुला पुगेर टुङ्गिने पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका हुन् ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। चाडबाड नजिकिएसँगै सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने उपभोक्ता बढ्दा नेपाली बजार भने सुनसान भएको छ।साना तथा मझौला बहुवर्षीय आयोजनाको अवधि तीनवर्षसम्म तोक्ने सरकारको तयारी गरेको छ। ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा सुरु भएको छ। जहाँ ५० लाख लागतमा १७०० किलोमिटरको यात्रा हुने बताइएको छ।

बंगलादेशका पर्वतारोहीले गरे हिल्सादेखि कन्चनजंघासम्मको पदयात्रा

बंगलादेशका पर्वतारोही इक्रामुल हसन शकील नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेल पर्वतारोहण सम्पन्न गरेर फर्केका छन्। हुम्लाको हिल्सा नाकादेखि पूर्वको कञ्चनजङ्घा आधार शिविरसम्म १७ सय किलोमिटरको पदयात्रा उनले १०२ दिनमा...

मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने

कास्की । पछिल्लो समय लोकप्रिय गन्तव्यको रूपमा विकसित हुँदै गएको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो ।      आयोजक संस्थाका सदस्य प्रभात अधिकारीका अनुसार आठौं चरणको महोत्सव माघ २७ देखि फागुन ३० सम्म गर्ने तयारी भइरहेको छ । नेपालमा स्की पर्यटनको विकास गर्ने मुख्य लक्ष्यका साथ महोत्सव गर्न लागिएको भन्दै उनले महोत्सवलाई ‘ग्रेट हिमालयन स्की भ्रमण’ नाम दिइएको बताए । महोत्सव सम्पन्न गर्न १६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्चअन्तर्गत सबैभन्दा बढी बिमामा छुट्ट्याइएको छ । महोत्सवमा भाग लिनेको बीमाका लागि मात्र दुई लाख २० हजार विनियोजन गरिएको अधिकारीले जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष रामबहादुर थापाका अनुसार मर्दीमा गर्न लागिएको स्की महोत्सव यसअघि मनास्लु, कालिञ्चोकलगायत स्थानमा सम्पन्न गरिएको थियो । अन्तरराष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापामगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुन लागेको स्थानीय व्यवस्थापक सुदीप गौतमले जानकारी दिए । महोत्सवले मर्दी हिमाल पदयात्राका लागि प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ । महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टान, गण्डकी अल्पाइन क्लबलगायत विभिन्न निकायको सहकार्य रहनेछ ।      महोत्सवअन्तर्गत पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्कीसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने भएको छ । संस्थाले ६ पटकसम्म लाङ्टाङ क्षेत्रमा स्कीसम्बन्धी तालिम गराइसकेको छ । यसैगरी धवलागिरि हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, फ्रान्सको ब्यालेन्स हिमाल, गोसाइँकुण्ड, मेरा पिक, मुक्तिनाथ क्षेत्र मनाङलगायत स्थानमा स्की पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ ।       महोत्सवमा सबै क्षेत्रका मानिसले भाग लिन पाउने बताइएको छ । तर आयोजकले भने पथप्रदर्शक, हिमाल आरोहण गाइड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाको सहभागितामा जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३०० भन्दा व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ । महोत्सवले नेपालको आन्तरिक पर्यटनको प्रवर्द्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्कीसम्बन्धी सीप हस्तान्तरण हुने र नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने स्थानीय व्यवस्थापक गौतमले बताए ।