भारतीय सेनालाई आफ्नो देश छाड्न माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिको आग्रह

काठमाडौं : माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न आग्रह गरेका छन्।‘माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ‘ मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,‘ बीबीसीसँग उनले भनेका छन्। आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका नेता मुइज्जुले गत महिनाको निर्वाचनमा आफू विजयी भएको केही दिनमै भारतीय राजदूतलाई भेटेर भारतीय सैनिक हटाइनुपर्ने बारे स्पष्टसँ