रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा ४ जनाले ज्यान गुमाएका छन् ।धुलिखेल अस्पतालमा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार अस्पतालमा मृत्यु हुनेहरूमा सुनापति–५ घर भएका २४ वर्षीय बुद्ध तामाङ, ४५ वर्षीय राम बहादुर श्रेष्ठ, ६० वर्षीय नेमा तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी न