बुटवल–६ बीपी चोकस्थित सुन पसल फोडेर साढे ३ करोड रुपैयाँभन्दा बढीका गरगहना र नगद चोरी गर्ने ३ जना भारतीय कारागार चलान भएका छन् । जिल्ला अदालत रूपन्देहीमा बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलासले पक्राउ परेका तीनै जना भारतीयलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।