आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको खेलमा ९ विकेटको प्रभावशाली जित निकालेको छ। दुबईको आइसिसी एकेडेमीको मैदानमा बिहीबार भएको खेलमा कुवेतविरुद्ध नेपालले सहज जित हात पार्दा नेपाली बलरको प्रदर्शन उत्कृष्ट रह्यो।नेपाली बलरसामु निरीह कुवेतले नेपालसामु केवल २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य नेपालले २१ बलमै पूरा गर्यो। नेपालका लागि कप्तान रुविना क्षेत्री १२ तथा इन्दु बर्मा १३ रनमा अविजित रहिन्। ओपनर सीता रानामगर भने शून्य रनमा पेभिलियन फर्किएकी थिइन्।त