उद्योग संगठन मोरङले संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेसन, सीप विकास, इन्टरप्राइजिङ इस्ट र सीप विकास ईकाईको स्थापनालगायत कार्यक्रममा प्रदेश सरकारलाई सहकार्य गर्न आग्रह गरेको छ । गत सोमबार भएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्षसँगको छलफलमा संगठनले आग्रह गरेको हो ।छलफलमा संगठनका अध्यक्ष सुयश […]